सुन तोलामा तीन सयले बढ्यो
Advertisement
|
काठमाडौं, २१ साउन । शुक्रबार नेपाली बजारमा सुनको मुल्य तोलामा तीन सय रुपैयाँले बढेको छ ।
बिहीबार ५९ हजार दुई सय रुपैयाँमा कारोबार भएको सुनको मूल प्रति तोला तीन सय रुपैयाँले बढेको छ । शुक्रबार सुन प्रति तोला ५९ हजार पाँच सय रुपैयाँमा कारोबार भएको सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।
यस्तै चाँदी तोलामा पाँच रुपैयाँले बढेर नौ सय १० रुपैयाँमा कारोबार भइरहेको छ ।

0 comments
प्रतिक्रिया दिनुहोस्...