-->
भारतीयसँग लड्ने देवनारायणले जय नेपाल र लालसलाम भनेपछि एमालेहरु खिस्स…
Advertisement

काठमाण्डु, १८ साउन– मंगलबार राजधानीमा सप्तरीको तिलाठीमा भारतीय पक्षलाई एकतर्फी बाँध बनाउनबाट रोक्ने देवनारायण यादव र दुर्गानन्द झाप्रति अभिनन्द कार्यक्रम राखिएको थियो । एमालेनिकट नेताहरुले चलाएको राष्ट्रिय स्वाधिनताका लागि युवा अभियानले उपचारका लागि काठमाण्डु ल्याएर सो अभिनन्दन कार्यक्रम राखेको थियो । सो अवसरमा एमाले नेता झलनाथ खनाल, एमालेका पत्रकार, विद्यार्थी नेता, कार्यकर्ता र अन्य पत्रकारको उपस्थिति थियो ।
कार्यक्रममा झलनाथले अभिनन्दन गरेपछि बोल्न गएका यादवले आफू जिउँदो रहँदासम्म कसैलाई नेपाली भूमि मिच्न नदिने भन्दै भाषण ठोके । सो भाषण सुन्नेहरुले मज्जैसँग ताली पिटे । ताली र सम्मान पाएका यादव भने मख्ख हुँदै झन् चर्काचर्का भाषण गर्न थाले ।
करिब १५ मिनेट भाषणा गरेपछि उनी जय नेपाल भन्दै विदा हुन खाजे । उनको त्यस वाक्यले कार्यक्रममा उपस्थितहरु मुखामुख गर्न थाले । त्यसले यादवलाई अलि असहज भयो र उनी तत्कालै लालसलाम भन्दै विदा भए ।
उनले त्यो भनिरहँदा कार्यक्रममा उपस्थित एमाले नेता झलनाथ देखि सबै मुखामुख गर्न थाले र केही हाँसे पनि ।
विशेषगरी जय नेपाल शब्द कांग्रेस र लालसलाम माओवादीमा चर्चित छ । एमालेहरु भने प्राय अभिवादन भन्ने शब्द प्रयोग गर्ने गर्छन् ।


Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.