-->
गिरानचौरवासीलाई दशैमा धुर्मुस-सुन्तलीको घर उपहार
Advertisement

साउन १८, काठमाडौ । गीरानचौरका भुकम्प पीडितको घर निर्माणमा जुटेको धुर्मुुस सुन्तली फाउन्डेसनले यो दशैंमा घर जिम्मा लागाउने भएको छ ।
एकिकृत वस्ती निर्माणको प्राय सबै भौतिक पुर्वाधार निर्माण काम सकिएकोले जस्तो सुकै समस्या भए पनि यही दशैंको घटस्थापनको दिन स्थानीयवासीलाई घर निर्माण गरेर चावी थमाउने लक्ष्य लिएको सीताराम कट्टेल (धुर्मुुस)ले जानकारी दिएका छन् ।
यसका लागि आफूहरु दिनरात लागि परेको उनले बताए । अहिले जगको काम सकेर धमाधम गारो लगाउने काम भइरहेको बताए  ।
यसै गरि गीरानचौर एकिकृत नमुना वस्तीको लागि आवश्यक ५ करोड सहयोग रकम प्राप्त भइसकेको हुनाले तत्काल सहयोग रकम लिन बन्द गरिएको पनि धुर्मुस सुन्तली फाउण्डेसनले जानकारी दिएको छ । पुर्बेलीन्युजबाट


Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.