असममा ‘आतंकवादी’ आक्रमण, १४ जनाको मृत्यु, १८ घाइते, आतंककारीसँग ‘एके ४७’
Advertisement
|
साउन २१ । भारतको असमस्थित कोकराझारमा रहेको तरकारीबजारमा शुक्रबार भएको ‘आतंकवादी’ आक्रमणमा १४ जनाको मृत्यु भएको छ ।
८ जनाको संख्यामा आएका आतंककारीले ग्रीनेड विस्फोट गराएको भारतीय सन्चारमाध्यमहरुले जनाएका छन् ।
अटोरिक्सामा आएका आतंककारीहरुसँग ‘एके ४७’ र ‘एके ५६’ हतियार रहेकोसमेत बताइएको छ । घटनामा अरु १८ जना घाइते भएको जनाइएको छ ।
प्रहरीको जवाफी कारबाहीमा दुई आतंककारीको मृत्यु भएको र बाँकीको खोजी जारी रहेको असमका मन्त्री हेमन्ता विश्वा शर्माले जानकारी दिएका छन् ।
आक्रमणको जिम्मा कसैले नलिएपनि उग्रवादी समूह ‘बोडो’ले गरेको हुनसक्ने जनाइएको छ ।
Image khabar.com

0 comments
प्रतिक्रिया दिनुहोस्...