फुपूले उचालिन् ओलम्पिकमा नेपाली झण्डा
Advertisement
|
काठमाडौं, साउन २२ – ब्राजिलको रियो दि जेनेरियोमा अहिले रियो ओलम्पिक २०१६ को उद्घाटन समारोह भइरहेको छ । समारोहमा विभिन्न देशका खेलाडीले राष्ट्रिय झण्डासहित परेड गरिरहेका छन् । दक्षिण एसियाली खेलकुद सागमा स्वर्ण पदक जितेकी फुपूल्हामु खत्रीले नेपाली टोलीको नेतृत्व गर्दै ओलम्पिकमा नेपालको झण्डा उचालेकी छन् । फुपू नेपालको ठूलो झण्डासहित अघिअघि हिँडेकी थिइन् भने नेपाली टोलीका अरु उनको पछिपछि सानो आकारको झण्डा लिएर हिँडेका थिए । उज्यालो अनलाइनबाट

0 comments
प्रतिक्रिया दिनुहोस्...