-->
मानव तस्करमार्फत ढाका पुर्याइएका ४६ नेपाली अलपत्र
Advertisement

काठमाडौं । एक बंगलादेशी मानव तस्करले जागिर लगाइदिने प्रलोभनमा ढाका पुर्याएर ४६ नेपालीलाई अलपत्र छाडेका छन् । ती नेपालीलाई उद्धार गरी स्वदेश फर्काउने प्रयास भइरहेको बंगलादेशस्थित कार्यवाहक नेपाली राजदूत धनबहादुर ओलीलले जानकारी दिए ।ओलीका अनुसार ढाकास्थित एक रेस्टुरेन्टमा जागिर लगाइदिने भन्दै ती बंगलादेशी दलालले उनीहरुलाई जेठ दोस्रो साता पर्यटक भिसामा त्यहाँ पुर्याएका थिए । सुरुमा पर्यटक भिसामा बंगलादेश पुर्याइएका उनीहरुको भिसाको म्याद सकिएपछि दलालले वर्किङ भिसा मिलाइदिने भन्दै फसाएपछि उनीहरु गैरकानुनी ढंगले बस्न बाध्य भएका थिए । ती बंगलादेशी मानव तस्करले जागिर लगाइदिने प्रलोभनमा ४६ नेपालीबाट ८० लाख रुपैयाँ उठाएको बताइएको छ । ठगिनेमा नेपालीबाट बिजनेस भिसा लिएर जानेहरुसमेत छन् । नेपालीलाइृ बिचल्ली पर्ने ती मानव तस्करलाई ढाका प्रहरीले पक्राउ गरेको छ । ती मानव तस्कर नेपाल आउजाउ गरेको समेत पाइएको छ । नयाँ वानेश्वरस्थित एक निजी स्वास्थ्य संस्थाको ‘फिजिसियन कन्सल्टेन्ट’ बाट लिएको परिचयपत्र ती दलालबाट ढाका प्रहरीले जफत गरेको छ । आजको अन्नपूर्ण पोस्ट दैनिकमा समाचार छ ।


Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.