Advertisement
|
केही ब्युटी आइटम लेडिजले ब्यागमा सधौ बोक्नु ठीक हुन्छ । अफिस या अन्यत्र कतै जान घरबाट निस्किादा आफ्नो ब्यागमा केही ब्युटी आइटम राख्न नभुल्नुहोस् । बाहिरबाटै अकस्मात् कुनै विशेष ठाउामा पुग्नुपर्ने भयो भने सौन्दर्य कायम राख्न केही ब्युटी आइटम आवश्यक पर्छ । तर, ब्यागमा ती आइटम भएनन् भने पक्कै पनि सौन्दर्यमा आाच आउाछ । कुनैवेला घरबाहिरै नाइट स्टे गर्नुपर्ने भयो भने पनि सौन्दर्य कायम राख्न ब्यागमा केही ब्युटी आइटम चाहिन्छ ।
फेसवास
फेसवास सधैँ ब्यागमा राख्नु ठीक हुन्छ । सानो बट्टामै किन नहोस्, तर जरुर राख्नुहोस् । अनुहार फोहोर भएको महसुस हुँदा फेसवासको आवश्यकता पर्छ ।
क्लिन्जिङ
नाइट स्टे गर्नुपर्ने भयो भने क्लिन्जिङ आवश्यक पर्छ । मेकअप रिमुभ गर्न क्लिन्जिङ नै चाहिने भएकाले ब्यागमा नछुटाउनु राम्रो हुन्छ ।
टिस्यु
कतिपय ठाउँमा सफा पानीको अभाव हुनसक्छ । नाइट स्टे गर्नुपर्दा मेकअप रिमुभ गर्न सफा पानीको अभाव रह्यो भने रिमुभर टिस्यु अत्यावश्यक हुन्छ ।
सनस्क्रिन
बाहिर निस्किनुअघि अनुहार तथा सीधा घामको किरण पर्ने छालामा सनस्क्रिन क्रिम लगाउनैपर्छ । दिउँसो अनुहार पखालियो या पुछियो भने पनि फेरि घाममा निस्किँदा यो आवश्यक पर्छ ।
मस्चराइजर
चिसो या हावा चल्ने ठाउँतिर गएका वेला मस्चराइजर बढी आवश्यक पर्छ । धोएपछि अनुहार सुक्खा हुने भएकाले मस्चराइजर जरुर लगाउनुपर्छ । हातमा पनि मस्चराइजर लगाइदिएपछि साइन आउँछ ।
लिपस्टिक
लेडिजले आफ्नो ब्यागमा लिपस्टिक बोक्न भुल्नु हुँदैन । ओठ सुक्खा हुँदा लिपस्टिक लगाउनुपर्छ । फ्रेस लुक्स देखाउन पनि लिपस्टिकको भूमिका हुन्छ ।
गाजल
गाजल लेडिजको आँखामा सौन्दर्य भर्ने ब्युटी आइटम हो । गाजलले लुक्स नै अलग देखाइदिन्छ । यो झरी तथा गर्मी मौसममा वाटरप्रुफ आइलाइनर ब्यागमा राख्न भुल्नु हुँदैन ।
कम्प्याक्ट
कम्प्याक्टले अनुहारमा तत्काल चमक ल्याउँछ । कम्प्याक्ट प्रयोग गरेपछि मेकअप गर्ने जरुरी पर्दैन । हल्का टच गर्नका लागि कम्प्याक्ट निकै उपयोगी हुन्छ ।
लाइट रोज
लाइट रोज पनि ब्यागमा बोक्नुपर्ने ब्युटी आइटम हो । गाढा खालको रोजको ट्रेन्ड अहिले छैन । गालाको ‘प्वाइन्ट अफ हिल’मा हल्का टच गरेर कम्प्याक्ट गरिदिएपछि उत्कृष्ट लुक्स दिन्छ ।
पफ्र्युम
गर्मीमा पफ्र्युमको भूमिका ठूलो हुन्छ । पसिना र बाहिरी धुलोले शरीरमा नराम्रो गन्ध आउँदा पफ्र्युम आवश्यक पर्छ । कतिपय पफ्र्युमले केही दिनसम्म पनि बास्ना दिइरहेका हुन्छन् । तर, ब्यागमा पफ्र्युम पनि बोक्नु राम्रो हुन्छ ।

0 comments
प्रतिक्रिया दिनुहोस्...