-->
पाशुपती क्षेत्रमा ५ दिने योग शिविर खुल्दै
Advertisement

Iअसार ५,काठमाडौ। काठमाडौंस्थित पाशुपति क्षेत्रमा आउँदो मंगलबारदेखि पाँच दिने योग शिविर हुने भएको छ ।
काठमाडौंमा आइतबार पत्रकार सम्मेलन गरि दिइएको जानकारी अनुसार विश्व योग दिवसको अवसरमा पारेर असार ७ गतेदेखि ११ गतेसम्म पवित्र पाशुपत क्षेत्रमा सांस्कृतिक कार्यक्रम सहितको पाँच दिने वृहद योग शिविरको आयोजना हुनेछ ।
पशुपतिनाथ सेवक संघ र आनन्द मार्ग प्रचार संघको संयुक्त आयोजना र नेपाल योग रिट्रिट, लियो क्लब अफ काठमाडौ र गंगाचार्य सहआयोजनामा योग शिविर हुन लागेको हो । शिविरमा नेपाल र भारतका प्रशिद्ध योग गुरुहरुले योग प्रशिक्षण दिइने बताइएको छ ।
योग कुनै धर्म विशेषको नभई विज्ञान भएकोले यो सबैको जीवनमा उपयोगी हुने धारणा राख्दै अन्तर्राष्ट्रिय योग दिवस आयोजक समितिका संयोजक केदारमान भण्डारीले योगमार्फत चित्त र मनलाई शुद्ध बनाएर नैतिकवान समाज निर्माण गर्न सकिने बताए ।


Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.