ओलीको पक्षमा यसरी उर्लियो माइतीघर मण्डलामा ‘जनसागर’
Advertisement
|
काठमाडौं, ३१ असार । प्रधानमन्त्री केपी ओलीको पक्षमा सयौँ युवाहरूले काठमाडौंको माइतीघर मण्डलामा ‘आइएम केपी ओली’ भन्दै राष्ट्रिय झडा लिएर प्रदर्शन गरेका छन् ।
माइतीघर मण्डलामा राष्ट्रिय झण्डा बोकेर आएका उनीहरूले राष्ट्रियताका पक्षमा लेखिएका नारा तथा आइएम केपी ओली लेखिएका प्लेकार्ड बोकेका थिए ।
उनीहरूले प्रधानमन्त्री ओलीका पक्षमा नारावाजी गर्नुका साथै संसदमा अविश्वासको प्रस्ताव दर्ता गरिएकोमा विरोध जनाएका थिए ।
माइतीघर मण्डलामा सहभागी युवाहरू कहाँबाट आएका हुन् त्यसबारेमा केही नबताइएपनि केही युवाहरूले वामपन्थी नेता स्वर्गीय चेग्वेभारको तस्बिर अंकित टिशर्ट लगाएका थिए । (तस्बिर सौजन्य जनक रावल)
dainiknepal

0 comments
प्रतिक्रिया दिनुहोस्...