-->
आधा कपाल दुखेमा , दन्त शूलमा , घाँटी दुखेमा र विशेष गरेर कानको रोगमा –
Advertisement

टाउको दुखेमा- सिमालीको २,३ वटा पातमा नून हालेर काँढा पानी बनाएर खाएमा ठीक हुन्छ ।
खोकी र दममा- सिमालीको पातको १ लिटर रस निकालेर राम्ररी उमाल्ने र बाक्लो भएपछि झिक्ने र जति लेदो छ त्यति नै सखर हालेर राम्ररी मिसाउने । १,१ चम्चा बिहान्बेलुका खाने गरेमा सबै रोग ठीक हुन्छ । औषधि सेवन गरुन्जेल दूध भातमात्र खाँनु राम्रो हुन्छ ।
दन्त शूलमा- सिमालीको जरा फिट्कीरी पानीमा पिनेर दाँत माझ्नाले दाँत सम्बन्धी रोगहरु निको हुन्छन् ।
कानको रोगमा- सिमालीको जरा तिलको तेलमा राम्ररी पकाउनु र छानेर राख्नु । २,२ थोपा कानमा हालेमा कान पाक्ने, बसहरोपन, खटिरा, घाउ सारा निको गर्छ ।
घाँटीको रोगमा- ३,४ वटा सिमालीको पात २ वटा पिल्ला नून हालेर काँढा बनाएर पिएमा घाँटी सम्बन्धी रोग निको हुन्छ ।
शरीर सुनिएमा- सिमालीको ३,४ पातको काँढा नून हालेर पकाएर खानु ३,४ दिनमै सुनिएको ठीक हुन्छ ।
ज्वरो आएमा- सिमालीको पात ३,४ वटा र नून हालेर काँढा बनाएर बिहानरबेलुका खाने गरेमा जस्तोसुकै ज्वरो पनि ठीक हुन्छ ।
गण्डमाला- सिमालीको पात पकाएर घाँटीमा नियमित सेक्नाले र सिमालीको रस २,३ थोपा दुबै नाकमा हाल्नाले गण्डमाला निको भएर आउँछ । News24Nepal


Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.